MA(Poetry) Lyrics
- Genre:Hip Hop & Rap
- Year of Release:2022
Lyrics
म, कापीका पाना झैँ जहितहि कोरिएको छु
म, व्यावहारिसे चौपायाझैँ सडकमा छोडिएको छु
म, बाहिर खोक्रो तर भित्र व्यथाले भरिएको छु
म, भित्रबाट लथालिंग तर बाहिर सजिएको छु
म वेश्या झैँ आफुलाई बेच्न तयार छु
म बाहिर मुस्कुराउदै आशु लुकाउन होनहार छु
म मेरो सुन जस्तो जिवनमा तामा मिसाउने सुनुवार हु
म भित्र रोएर अरुलाई हसाउने जोक्कर को अनुहार हु
मलाइ कठै भनि देखावटी गर्नेहरु पनि आफ्नै थिए
मलाइ ओहो भनि साथ नदिनेहरु पनि साथमै थिए
मलाइ आश्वाशन दिने शब्दहरु केवल बातमै थिए
मेरो ढाड पछाडी घोपने छुराहरु कठै भन्नेकै हातमै थिए
मलाइ आजकाल उज्यालो भन्दा अध्यारो प्यारो लाग्छ
जीवनका सरल प्रश्नहरु पनि आजकाल अप्ठ्यारो लाग्छ
आफ्नै सोचमा हराउछु त्यसकै निस्कर्ष खोज्न झन् गाह्रो लाग्छ
आफैलाई विश्वास गर्दिन, आजकाल मन साह्रो भाछ
कालो बादलले ढाकेर के भो त्
निलो आकाश त् म नै हो
मध्यरातमा नदेखिने सुर्य म
तर जुनमा चम्किने प्रकाश त म नै हो
घरमा तनाब छ छोरो ले के गर्ला भनि
प्रेमिका आतिन्छिन मेरो मन अन्तै सर्ला भनि
साथिभाइबाट व्यंग्य को तिर आउछ तर सल्लाह बनि
म चै डराइरहेछु भर्खर जन्मेको आशाको विरुवा मर्ला भनि
डर
डरको प्रहरले मेरो खरको छानो भएको घरको
अर्को कुनामा बसी छोराले केहि गर्छ भन्ने सपनाको जमर्को
गरेका बुवामाथि के बित्दो होला
जब उनको छोरा
एउटा पुरानो डेराको घेराभित्र
आफ्नो विलिन भविष्यको अस्थित्वमा लिन
मस्तिष्क को युद्द मा योद्दा विहिन लडिरहेछ
सम्झदै ति दिन, हर छिन
उसकी प्यारी आमाले उसको हेरचाह गर्थिन
आमाको हातको एक गास नखाई नपुग्ने उ
आमाको काखमा नपल्टिइ नसुत्ने उ
आज एउटा अध्यारो कोठाको चिसो बिस्तारामा
भोकै अनिदो रात बिताउछ
मनका भाव सुनिदिने कानहरु छैनन्
कापीका पानामा दुइ अक्षर लेखि
आफ्नो हात बिसाउछ
अनि सोच्छ
आजकाल आफ्नै डर देखि डर लाग्छ
पीडाको भारि बोकी दुनियाको अगाडि हासेर हिड्न कर लाग्छ
आजकाल न आफ्नो न आफ्नाको भर लाग्छ
कोहि खुशी भै बाचेको देख्दा मनमा अनौठो रहर जाग्छ
डर लाग्छ
हो मलाइ अझैपनि डर लाग्छ
मेरो जिन्दगि यसरि नै बित्ने त होइन
आशालाई निराशाले जित्ने त होइन
मलाइ कमजोर देखेर शत्रुले नया चाल सिक्ने त होइन
मेरा करोडौका सपना कौडीका भाउ मा बिक्ने त होइन
होइन, म मेरो कथाको अन्त्य त्यस्तो हुन दिन्न
कमजोरीको हुरीले मेरो मनलाई छुन दिन्न
मेरा बाउआमालाइ हरेश खाएर रुन दिन्न
सधै यसरि चल्दैन परिवर्तनको खाचो छ
अब हुन्छु म भिन्न
अब हुन्छु म भिन्न