Yestai Chha Mero Desh Lyrics
- Genre:Hip Hop & Rap
- Year of Release:2022
Lyrics
यस्तै छ मेरो देश, यस्तै छ हालत
कसले गर्ने यहाँ नियम कानुन को पालन
यस्तै छ मेरो देश यस्तै छ हालत
अब आफै गर्नुपर्छ यहाँ अन्याय को वकालत
यस्तै छ मेरो देश, यस्तै छ हालत
कसले गर्ने यहाँ नियम कानुन को पालन
यस्तै छ मेरो देश यस्तै छ हालत
अब आफै गर्नुपर्छ यहाँ अन्याय को वकालत
यो कठपुतली सरकारले गर्यो अत्याचार
काम कुरो कम झनै बढ्यो भ्रस्टाचार
बदलिन्छ हरेक पल्ट तिम्रो पार्टीको आकार
साम्सद भवन मा चलिराछ कुर्ची को ब्यापार
यो कुर्ची को व्यापारले जनता जहिले मार मा
भिडभाड छ बजारमा तिमि सजिएछौ कार मा
जनताको बाल तिमि सधै झैँ हतारमा
के बहाना गर्छौ अब चुनावको प्रचारमा
अहिलेको परिवेशमा म एउटा थकित केटा
यहि केहि गर्छु भन्छु मुलुकमा छ अस्थिरता
सरकार टिक्दैन देशमा बदलिन्छ वर्षदिनमा
पासपोर्ट हातमा मन खिन्न चल्दिन्छु म विदेशतिर
यस्तै छ मेरो देश, यस्तै छ हालत
कसले गर्ने यहा नियम कानुन को पालन
यस्तै छ मेरो देश यस्तै छ हालत
अब आफै गर्नुपर्छ यहाँ अन्याय को वकालत
यस्तै छ मेरो देश, यस्तै छ हालत
कसले गर्ने यहा नियम कानुन को पालन
यस्तै छ मेरो देश यस्तै छ हालत
अब आफै गर्नुपर्छ यहाँ अन्याय को वकालत
सबैले सोध्छन आजकाल त चै कुन पार्टी?
पार्टीको हैन साथि म हु आम नेपालि
मेरो देशप्रेम अटल राजनीति भन्दा माथि
यति इछया छ यहि जन्मे यहि होस् समाधि
तर देश को हालत देख्दा जीवनले मार्ग फेर्ला
डर लाग्छ कहिलेकाही स्वाभिमानले घुडा टेक्दा
छोराहरुले देश छोड्दा आमाको मन कति टुट्ला
सबको कौतुहलता यो देश कहिले आफ्नो बन्ला
तर दोष कसलाई दिनु हामि नै दोषी छौ
सब गलत भैराछ तर यसै छोड्दिन्छौ
केहि नगरेनी बारम्बार त्यहि नेता लाइ भोट दिन्छौ
के गर्नु देश येस्तै हो भनि छोड्दिन्छौ
यस्तै छ मेरो देश, यस्तै छ हालत
कसले गर्ने यहा नियम कानुन को पालन
यस्तै छ मेरो देश यस्तै छ हालत
अब आफै गर्नुपर्छ यहाँ अन्याय को वकालत
यस्तै छ मेरो देश, यस्तै छ हालत
कसले गर्ने यहा नियम कानुन को पालन
यस्तै छ मेरो देश यस्तै छ हालत
अब आफै गर्नुपर्छ यहाँ अन्याय को वकालत