Maaf Garideu Lyrics
- Genre:Hip Hop & Rap
- Year of Release:2022
Lyrics
केहि नजानेको थिए लाटो म
दिन भरि बरालिदै हिड्ने गर्थे बाटो मा
+2 पास मात्र थिए सिप थिएन हातमा
रक्सि खान भट्टी छिर्थे बरु मात्र दुख भुल्ने आशामा
आमा रुदै दिन काट्थिन बाउ थिए बिरामी
छिमेकि ले कुरा काट्थे छोरो बिग्री हिड्लानी
कर्म दिने आमा ठुली जन्म दिने बिरानी
तनावले रुन्थे रातमा भिज्थ्यो मेरो सिरानी
घरमा सबै आतिराथे के हुनेहो भनेर
दाइ संघर्षमा भिषा आउने दिन गनेर
घरमा पैसा थिएन बहिनीको पढाइ गर्नलाई
न खुशीसाथ बाच्न सक्थ्यौ न सकिन्थ्यो मर्नलाई
गर्नलाई हातमा केहि काम धन्दा थिएन
भन्नलाई साथमा त्यहि नाम भन्दा थिएन
घरव्यवहार बुझेर दाइले पढ्न छाड्याथ्यो
रम्ने उमेरमा समाजसंग लड्न थाल्याथ्यो
मैले केहि गर्ने सोचे जागिरको भरमा
जम्मा सात हजार तलब, पैसा दिदिनथे घरमा
एक बर्ष संघर्समा जागिरको पछि कुदे
पैसा कमाइन तर मेहेनत को अर्थ बुझे
भो आमा थाकिसकिन ऋण को भारि बोकेर
बाउ खुन छादिसके रातभरी खोकर
घरव्यवहार ले सताउदैथ्यो दिन रात डर बनि
केहि नसोची बेच्नपर्यो भाको एउटा घर पनि
माफ गर्देउ बाबा सकिन राम्रो छोरा बन्न
नरिसाउनु आमा सकिन सपना पुरा गर्न
खेर गयो गर्भ, म बुझ्छु तिम्रो मर्म
फेरी लिन्छु तिम्रै कोख मा जन्म
असल सन्तान बन्न
नया घर, नया टोल, नया डर, नया सोच
सब कुरा नया तर परिस्थिति पुरानै
आफ्नै घर पनि सधै लाग्दथ्यो बिरानो
छिमेकि भन्थे अस्ट्रेलिया पुगेछ है फलानो
आमा मलाइ हेर्थीन आखा मा आसु टिलपिल
सायद सोच्दै होलिन कहिले हुने घर झिलमिल
डर को प्रहर ले म घर को न घाटको
हत्या रहरको गरे विदेशिने जमर्को
तर सोचे जस्तो कहा हुन्थ्यो जहिले
घर सम्झी मन रुन्थ्यो जहिले
चुहिन थाल्यो हजार सपनाको झोला
सोच्थे मैले यो के बाटो अपनाको होला
सोच्थे साथीभाई घुम्ने मेच माथि बसिराछ
कसलाई के थाहा साहुको ऋण टाउकोमाथि खसिराछ
माफ गर्देउ आमा आको थिए केहि गर्छु भनि
सकिन उभिन चिठी लेख्दै छु मर्छु भनि
माफ गर्देउ बाबा सकिन राम्रो छोरा बन्न
नरिसाउनु आमा सकिन सपना पुरा गर्न
खेर गयो गर्भ, म बुझ्छु तिम्रो मर्म
फेरी लिन्छु तिम्रै कोख मा जन्म
असल सन्तान बन्न
बाबा मलाइ तिम्रै हातले दागबत्ती देउ
आमा तिम्रो कायर छोरा लाइ माफी गरिदेउ
दाइ तेरै भागमा पर्यो त्यो बारीको छेउ
बहिनीलाई पनि मेरो माया सुनाइदेउ