Junko Aashu ft. Kumar Prayas Lyrics
- Genre:Country
- Year of Release:2022
Lyrics
मत जुनको आँसु पिएर शीत सगै बिलाई जान्छु
माफ रहोस जादा जाँदै केही अभाव दिलाई जान्छु
केही पललाई अडिएको अन्जुलीको पानी जीवन
रित्तिए पछि केवल स्मृतिको माहान निशानी जीवन
यहि स्मृति छोडी सधैलाई कहि कतै बिलाई जान्छु
माफ रहोस जादा जाँदै केही अभाव दिलाई जान्छु
सोचे जति हरेक यात्रामा सहयात्री भइन्न कहिल्यै
आकाश जस्तै अमर बनेर सधैभरी रहिन्न कहिल्यै
रित्तिएको प्याला जसै म घट्दै घट्दै बिलाई जान्छु
माफ रहोस जादा जाँदै केही अभाव दिलाई जान्छु