Thaha Cha Lyrics
- Genre:Acoustic
- Year of Release:2013
Lyrics
सिमे सिमे पानीमा
तिमीलाई सोची रहेछु
डुबि दिएछु तिम्रो यादमा
टाढा छु तिमीबाट
तर मन तिमीसंग छ
सम्हाली देऊ साथमा
फेरी आउँछु आउँदिन
मिलन होला नहोला
तिमीलाई सोच्दा सोच्दै
दिन यो बिती जान्छ
थाहा छ कि छैन तिमीलाई
घण्टौ बितीसक्यो यहि कोठामा
तिम्रो यादले मलाई छोड्दैन
के गरि रहेको होला अहिले
मेरो याद आउँछ आउँदैन
फर्कि आउन चाहन्छु आजै म
तर थाहा छ सक्दिन
तिमीलाई सोच्दा सोच्दै
रात यो बिति जान्छ
थाहा छ कि छैन तिमीलाई
कति गाएँ होला यो गीत
तिम्रो लागि तिम्रो यादमा
टाढा छु तिमीबाट
राखि देऊ तिम्रो साथमा
सिमसिमे पानीमा
तिमीलाई सोची रहेछु
डुबि दिएछु तिम्रो यादमा
फेरी आउँछु आउँदिन
मिलन होला नहोला
तिमीलाई सोच्दा सोच्दै
दिन यो बिति जान्छ
थाहा छ कि छैन तिमीलाई
तिमीलाई सोच्दा सोच्दै
रात यो बिति जान्छ
थाह छ कि छैन तिमीलाई
मेरो याद आउँछ आउँदैन तिमीलाई